अमेरिकी राष्ट्रपतिले घोषणा गरे फेक न्युज अवार्ड

329

वासिङ्गटन  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार आफ्नो ट्विटर एकाउन्टमा फेक न्युज अवार्डको घोषणा गरेका छन् । यसमा न्यूयोर्क टाइम्सलाई विजेता बनाइएको छ । यो अवार्डको लामो समयदेखि प्रतिक्षा गरिएको थियो । पहिले यो अवार्डलाई ८ जनवरीमा निर्णय गरिनुपर्ने थियो । तर ट्रम्पले यसलाई सारेर १७ जनवरीमा सार्वजनिक गरेका हुन् ।

क्र्यास भयो वेबसाइट

ट्रम्पको तर्फबाट घोषणा गरिएको यो अवार्ड एबीसी न्युज, सीएनएन, टाइम र वासिङ्गटन पोस्टलाई पनि मिलेको छ। अमेरिकी जनता ट्रम्पले घोषणा गर्ने यो अवार्डको लामो समयदेखि प्रतिक्षारत थिए । ट्रम्पले अवार्ड घोषणा गरेको केही बेरमा विजेताको नाम सार्वजनिक गर्ने जिओपी डटकम वेबसाइट नै क्र्यास भएको छ।

ट्रम्पबारे ९० प्रतिशत समाचार नकारात्मक

जिओपी डटकमले लेखेको छ, ‘२०१७ मा लगातार लगातार भेदभावपूर्ण र अनुचित खबर सार्वजनिक गर्नेको बोलवाला रह्यो । यहाँसम्म कि झुटो समाचार पनि सार्वजनिक गरियो । अध्ययनबाट पत्ता लागेको तथ्य के हो भने ट्रम्पबारे लेखिएका ९० प्रतिशत समाचार नकारात्क कोणबाट लेखिएका थिए ।’

ट्रम्पले आफ्नो ट्वीटमा लेखेका छन्, ‘धेरै भ्रष्ट र बेइमान मिडिया कभरेजका बावजुद कयौँ रिपोर्ट उत्कृष्ट पनि छन् जसको म सदैव सम्मान गर्छु । अमेरिकीका लागि कयौँ राम्रा समाचार पनि दिइएको छ, जसमा मलार्इ गर्व पनि छ।’

वेबसाइटले विजेताको सूचीसँगै सम्बन्धित समाचारको पनि जिकिर गरेको छ। न्यूयोर्क टाइम्सका रिपोर्टर पल क्रुगम्यानको समाचार ट्रम्पको सूचीमा शीर्ष स्थानमा छ । यो ट्रम्पको ऐतिहासिक जीतको दिन छापिएको थियो । जुन समाचारमा ट्रम्पको पालामा अमेरिकाको अर्थतन्त्र कहिल्यै उँभो नलाग्ने जिकिर गरिएको छ ।

एबीसी न्युजका ब्रायन रोज सूचीको दोस्रो नम्बरमा छन् । उनले आफ्नो समाचारमा ट्रम्प प्रशासन रहुन्जेल अमेरिकी अर्थतन्त्र खुम्चिने मात्र नभई धेरै तीब्र गतिमा ओरालो लाग्ने जिकिर गरिएको छ।

सीएनएन तेस्रो नम्बरमा रहेको छ । उसले आफ्नो रिपोर्टमा भनिएको थियो, ‘राष्ट्रपतिका उम्मेदवार डोनाल्‍ड ट्रम्प र उनका छोारा जुनियर ट्रम्पसँग विकीलिक्‍सबाट ह्याक गरिएको डकुमेन्ट थिए ।’

ट्रम्पको फेक न्युज अवार्डको सूचीको चौथो नम्बरमा टाइम म्यागेजिन रहेको छ । उसले गलत रिपोर्ट प्रकाशित गरेको आरोप छ । जसमा भनिएको थियो, ‘राष्‍ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्तिलाई हताएका थिए ।’

अर्को विश्वचर्चित पत्रिका वासिङ्गटन पोस्‍टले पनि राष्‍ट्रपति ट्रम्पको एक जुलुसको बारेमा गलत समाचार लेखेको आरोप लागेको थियो ।

वेबसाइटमा गरिएको दाबी अनुसार सञ्चारमाध्यमले भने जस्तो नभइ ट्रम्प प्रशासनको पालामा अमेरिकी अर्थतन्त्र फैलिइरहेको छ । वेबसाइटले आफ्नो समाचारमा ट्रम्प प्रशासनले अमेरिकामा २० लाख नयाँ रोजगारी सिर्जना गरेको छ । ८ ट्रिलियन डलर (करिब १०२ लाख करोड रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

  • एजेन्सी