अर्को विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफलः बान कि मुन

294

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्को विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन् ।  संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उनले बताए ।

पूर्व महासचिव मुनले भने– राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।

उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । उनले विश्वमा शान्ति स्थापना र शान्ति कायमगर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए ।

वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले भने, यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।

उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पु¥याइरहेको धारणा पनि सो अवसरमा राखेका थिए ।