अर्जेन्टिना खतरामा, अहिलेसम्म ८ टिमको ‘भाग्य’को फैसला

427

काठमाडौं-  २०१८ फिफा विश्वकपको  समूह ‘डी’ को खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। यता क्रोएसिया भने अन्तिम १६ मा पुगेकाो छ।

समूह ‘डी’ मा नाइजेरिया र आइसल्यान्डबीच शुक्रबार खेल हुँदैछ। यो खेलमा आइसल्यान्डबीच विजयी भए साविक उपविजेता अर्जेन्टिना बाहिरिने खतरा हुन्छ। नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना बढी हुनेछ।

विश्वकपमा अहिलेसम्म समूह चरणमा ८ टिमको भाग्यको फैसला भएको छ।

विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम क्रोएसिया बन्यो। यसअघि समूह सीको खेलमा पेरुलाई १-० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो। यता लगातार दोस्रो खेलमा हारसँगै पेरु भने बाहिरियो। पेरु बाहिरिने चौथो टिम बन्यो।

यसअघि समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए।  समूह ए कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह बीबाट मोरक्को तथा समूह सीबाट पेरु बाहिरिएका छन्।

अन्तिम १६ मा पुगेका टिम 

रसिया

उरुग्वे

फ्रान्स

क्रोएसिया

बाहिरिएका टिम 

साउदी अरेबिया

इजिप्ट

मोरक्को

पेरु