काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकको विकास निर्माणमा सरकारसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताएका छन् ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले आफूहरुलाई बधाई दिन राजधानीमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष सिंहले विकास निर्माणलाई द्रुत गतिमा अगाडि वढाउन सरकार, निर्माण व्यवसायी, हेभी इक्विपमेन्ट व्यवसायीहरुको त्रिकोणात्मक सम्वन्ध रहको बताए ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका सल्लाहकार एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले जनतालाई नठगी इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरले मुलुकको विकासका लागि चाहिने हेभी इक्विपमेन्टहरु व्यवसाीहरुसँंग पर्याप्त रहेको जनाए ।
कार्यक्रमममा एक दर्जन कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।







































