Home समाचार अविरल वर्षाले सुडालको आधा भेग नै सम्पर्क विहिन
सुडाल । लामो समय देखि पर्दे आएकोे अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको आधा भेग नै सडक मार्गवाट सम्पर्क विहिन भएको छ । भाद्र ८ गते दिउसो २ बजेदेखि परेको अविरल वर्षाका कारण आएको बाडीले बाटो नै वगाउँदा सडक मार्गवाट सम्पर्क विच्छेद नै भएको हो ।
भुकम्पले छियाछिया बनाएको बस्ती त्यस माथी लगातारको घनघोर वर्षाका कारण आएको वाडीले पुरै खोलाको सम्रचना नै धोस्त वनाउनुका साथै खोला नजिकको खेत कुलो बाटो पुरै बगाएको स्थानिय गणेश दुलालले बताए । उनका अनुसा साविक सुडाल ९ नंम्वर जाने फुयालगाउँ सडक खण्डमा दुलाल गाउँ छोटे डाँडा सिते पाखा आरुवारी मार्ग लगाएतको स्थानमा बाडीले धेरै असर गरेको उनले वताए । साधारण मोटर साईकल सम्म पनि नछिर्ने गरि घट्टेकुलो नजिक बाटो बाडीले वगाएको वताउँदै उनी भन्छन् यति ठुलो बाडी आएको सायदै कसैलाई थाहा थियो खोला साविक भन्दा १५ फिट सम्म गहिरिएको छ बाँध कुलो बाटो खेत पुरै बगाएको छ । सामान्य खोल्साले समेत खेत बारी कटान गरेको उनी वताउँछन् ।
लगातारको वर्षाका कारण साहयक मार्गहरु पुर्णरुपमा बाडी पहिरोको चपेटामा परेको अर्का स्थानिय विदुर नेपालले वताए । उनका अनुसार भुकम्पले क्षति ग्रस्त वनाएको बस्ती अनी अझ पनि पाल र टहरामा बस्दै आएका हरुलाई यसले ठुलो असर पारेको उनले वताए । जता ततै पहिरो गएको छ बाटो भत्केको छ अव त एम्वुलेन्स त परै जावस घर भित्रको बाईक निकालेर ल्याउन पनि सकिएन उनले भने ।
विनासकारी भकम्पका कारण धाँजा फटेको जमिन त्यस माथी अविरल वर्ष जसका कारण सुडालको अधिकाँस भागमा पहिरो गएको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का अध्यक्ष परासर सापकोटा वताउँछन् ।
सुडालमा परेको अविरल वर्षाका कारण सुडाल च्यामासिह रत्नपार्क भएर चल्ने गाडी प्रभावित हुँदा स्थानिय थप मर्कामा परेका छन् । यसका साथै सुडालका विभिन्न भित्री सडकहरु पहिरो जाँदा र नाली समेत बगाउँदा विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएको स्थानिय बासिन्दा वताउँछन् । जितपुर दुलालगाउँको सडक आरुवारी दुलालगाउँ सडक सम्पर्क विच्छेद नै हुँदा दुद्य एवं तरकारीको गाडी चल्न नसक्दा तरकारी दुद्य बोकेर कुराउनी टोल सम्म पुराउन बाध्य भएको स्थानीय वताउँछन् ।
लगातारको वर्षाका कारण सुडालको कार्की गाउँ , फुयाल गाउँ , दुलाल गाउँ , नेपाल गाउँ , पुरी गाउँ , तिमिल्सेना गाउँ , थाकलमाठ , कलमसी, सुडाल गजुरेल टोल लगाएतका स्थानमा सहायक मार्गहरु अवरुद्द भएका छन् । साथै कुराउनी टोल देखि पिपलोबोट सम्मको मार्ग भत्कदाँ सार्वजनिक सवारी साधन पनि बन्द भएको छ ।
लगातारको वर्षा संगै आएको बाडीका कारण सिते खोला बाट सुडाल दुलाल गाउँ लगिएको खानेपानी समेत प्रभावित भएको छ । यसका साथै बाडीले सुडालको सयौ रोपनी जमिनमा क्षती पुञ्याउनुका साथै १० सौ रोपनी खेत बारी पनि वगाएको छ ।
Related