आज खन्डग्रास चन्द्रग्रहण लाग्दै

115

भक्तपुर । सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ। ज्योतिषविद्हरूका अनुसार होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछि संयोग बनेको हो।

ज्योतिष गणनाका अनुसार चन्द्रग्रहण बिहान १०ः३९ बजे लाग्ने र दिउँसो ३ः १६ बजेसम्म रहने छ। तर, नेपालमा भने आजको चन्द्रग्रहण देखिने छैन।

आजको चन्द्रग्रहण भारत, उत्तर–पूर्वी एशिया, यूरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्यान्ड, बेलायत, स्पेन, पोर्चुगल, इटली, एटलान्टिक, आर्कटिक र प्रशान्त क्षेत्रमा मात्रै देख्न सकिन्छ।