ललितपुर । द लेप्रोसी मिशन इन्टरेनशनलद्वारा सन् १९५७ नोभेम्वर २३ मा गोदावरी नगरपालिका वडा नं ६ टिकाभैरव, लेलेमा स्थापना गरिएको आनन्दवन कुष्ठरोग अस्पतालको बिहीबार ६० औं वार्षिकोत्सव मनाइएको छ । हाल सो अस्पताल द लेप्रोसी मिशन नेपालद्वारा सञ्चालित छ ।
६० औं वार्षिकोत्सवका अवसरमा हालसम्म कुष्ठरोगीको उपचार, उनीहरको पुर्नस्थापना तथा कुष्ठरोग नियन्त्रण र निर्मूलको लागि गरिएका कार्यबारे समिक्षा गर्नुका साथै सो अस्पतालमा सेवा गरेका ५ जना कर्मचारीलाई नगद तथा प्रशंसापत्र दिएर सम्मानका साथ विदाई पनि गरियो ।
द लेप्रोसी मिशन इन्टरनेशनलका बोर्ड सदस्य तथा द लेप्रोसी मिशन नेपालका अध्यक्ष अशोक अधिकारी, द लेप्रोसी मिशन इन्टरनेशनलका देशीय निर्देशक शोभाखर कँडेल तथा आनन्दवन कुष्ठरोग अस्पतालका मेडिकल निर्देशक डा.इन्द्र नापित लगायतले सो अस्पतालले हालसम्म गरेका कामबारे बताएका थिए ।
अस्पतालले टिकाभैरव लेलेमा खोलेको १ सय १५ शैय्याको अस्स्पतालमा ८५ शैय्या कुष्ठरोग र २० शैय्या सर्वसाधारण जनताको लागि जनरल सेवा सञ्चालन गर्दै आएको छ । यसैगरि कुष्ठरोग भएका विरामीहरुको लागि निःशुल्क खाने, बस्ने, रोेजगारी दिनेलगायतका समाजमा पुर्नस्थापनाको काम पनि गर्दै आएको छ ।







































