भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भाद्र २५ गतेबाट शुरु भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगितामा आज सम्पन्न भएका खेलहरुमा छात्रतर्फ ख्वप माविले ख्वप्रिङ एकेडेमीलाई हरायो भने वागीश्वरी माविले सेकरेड हर्ट माविलाई हरायो ।
त्यस्तै छात्रातर्फ ख्वपले पनौती मावि (काभ्रे) लाई हरायो ।
खेल सञ्चालनको क्रममा जनसेवा मावि (काठमाडौं) र भीमेश्वर मावि (काठमाडौ) निर्णायक समितिको कार्वाहीमा परेका छन् । जनसेवा माविले एक खेलाडी निर्धारित तौलभन्दा बढी भएकोलाई खेलाएपछि उक्त टिमलाई नै प्रतियोगिताबाट निष्काशन गरिएको हो ।
त्यस्तै भीमेश्वर माविले एक छात्र खेलाडी अन्य स्कुलको विद्यार्थी भएको पुष्टि भएपछि उक्त टिमलाई पनि प्रतियोगिताबाटै निष्काशन गरिएको हो ।









































