काठमाडौं । नेपाली कांग्रेसले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट निष्कल राईलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय बोर्ड बैठकले फागुन २१ मा हुने निर्वाचनका लागि राईलाई टिकट दिने निर्णय गरेको हो।
३५ वर्षीय राई कांग्रेस इलामका प्रदेश क्षेत्रीय सभापति हुन् र इलाम क्षेत्र–१ को प्रदेश सभा निर्वाचन क्षेत्र (२) का सभापतिका रूपमा समेत कार्यरत छन्।







































