Home समाचार उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ, रुपन्देहीमा तीनजना पक्राउ
उदयपुर – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।
जिल्लामा प्रहरी उपरीक्षक नवराज भट्ट आएपछि लागुऔषध विरुद्ध प्रहरीले अभियान कडा बनाएको छ । उपरीक्षक भट्टका अनुसार पक्राउ परेका दुईजनालाई लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । यस्तै ८ जनालाई म्याद थप गरी अनुसन्धान थालिएको छ । म्याद थप नगरिकन २५ जनालाई पक्राउ गरिएको छ ।
लागुऔषध प्रयोगकर्ता र व्यवसायीबाट गाँजा ५ सय ग्राम, लुपिजेसिक ४ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेन ल्याप ३ एम्पुल, फोडविन १ एम्पुल, मोसा २ थान बरामद गरिएको जानकारी समेत प्रहरीले दिएको छ ।
रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ
रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर–२ का २० वर्षका मनोज हरिजन, नवलपरासीको बञ्जरीया–५ का २५ वर्षका बिन्दाकुमारी कामी र नवलपरासीको सरावल गाउँपालिका–१ का १८ वर्षका जगजीवन बिक पक्राउ परेका हुन् ।
उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Related