उद्धारका पर्यायवाची अरुण सैंजु

2201

भक्तपुर नगरपालिका हाल वडा नम्वर ३ निवासी अरुण सैंजु सायदै नचिन्ने कोहि नहोलान् । उद्धार अनि मद्दतका पर्यायका रुपमा भक्तपुरमा चिर परिचित युवा हुन् सैंजु । उनै संैजु सँग गरिएको कुराकानी ।

तपाई आफुले आफैलाई कसरी परिचय दिनुहुन्छ ।

म अरुण सैंजु । अफैले आफ्नो परिचय दिदाँ म केवल एक सानो मान्छे जो अरुको ज्यान बचाउन लागि रहने छु ।

तपाईँलाई उद्धारमा कसरी लाग्नु भयो उद्धारको प्रेरणा कसरी पलायो ?

हामी भाजु पुःखुमा बसी रहेका थियौं । यतिकैमा ११ बर्षकी बालिका अञ्जली नेपाली पानीमा डुविन आफुलाई पौडी खेल्न पनि आउँदैन थियो । हामी हेरेको हेरैं भयौं उनीलाई पानीले खायो । त्यसपछि म मा आत्म ग्लानी भयो । अव म अञ्जली जस्ता अरुलाई पनि यसै गरि मर्न दिन्न भनी आफैले तालिम लिएर उद्धारका कार्य गर्दै आएको छु ।

उद्धारका लागि चाहिने सामग्री कसरी जुटाउनुहुन्छ त ?
हाल सम्म जुन कुनै उद्धारको लागि म आफ्नै पैसाले खरिद गरेका सामग्रीहरुको उपयोग गर्दै आएको छु । जकेट , हेलमेट , पञ्जा , डोरी लगाएत प्राथमिक उपचारका साधन पनि म जहिले पनि सँगै राख्दै आएको छु ।

उद्धार पछि फर्कदा कस्तो अनुभुती हुन्छ ?
स्वभाविक रुपमा नै कुनै पनि उद्धारमा जाँदा आफुले कसैको ज्यान बचाउन सकेको दिन भयो भने त्यो दिन आफुलाई साहैं रमाईलो लाग्छ तर आफुले प्रयास गर्दा गर्दै पनि बचाउन नसकेको दिन भने साहैं दिक्क लाग्ने र रातमा निद्रा पनि पर्दैन ।

हाल सम्म कहाँ कहाँ उद्धारका लागि पुग्नु भयो ?
म उद्धारका लागि काभ्रे, मेलम्ची , तराईका विभिन्न जिल्ला , काठमाण्डौं भक्तपुर ललितपुर लगाएतका जिल्लामा पुगेको छु । मेरो जीवन भनेको नै उद्धारमा समरपण हो यसका लागि म जहाँ पनि जान सक्छु ।

उद्धार नै जीवन हो भन्ने कहिले देखि लाग्यो त ?
जव भुकम्प गयो जता ततै विचल्ली अनि रुवा बासी सवैलाई मद्तको जरुरत आफु पनि विछिप्त भएको अवस्था । यस्तै सुकुम्वासी बस्ती अनी विमान स्थालमा भएको विमान दुर्घटनाको आफ्नै आँखा अगाडीका घटना एवं सडक दुर्घटनामा जव घाईत वा मृतकलाई मानिसले छुन डराउने उनीहरुप्रति गरिने ब्यवहार का कारण नै म अव यहि काममा लागि पर्ने छु भन्ने अठोट गरेको हुँ । र लागि पनि रहने छु ।

यसका लागि तपाईँसँग टिम नै छ र ?
हाल सम्म त आधिकारिक रुपमा कुनै टिम एवं समूह छैन् तर उद्धारमा जाँदा भने साथीभाईहरुले पनि साथ एवं सहयोग गर्ने गर्नु भएको छ । हाल सालै भक्तपुर डुवानमा पनि उहाँहरुले ठुलो सहयोग गर्नु भएको थियो । निकट भविश्यमा नै आफुले एक दक्ष टिम नै बनाउने सोच पनि राखेको छु ।

द्धारकोलागि कतैबाट तालिमहरु भने लिनु भएको छ कि छैन् ?
उद्धारकोलागि नै भनेर मैले एड्भान्स तालिम लिएको छु साथै वारुण यन्त्र संग सहकार्यमा आगलागि नै नभएको भवनमा आगलागी गराएर दुई तल्ला तीन तल्ला माथीबाट मानिस निकाल्ने ड्रिल तालिम , नेपाल रेडक्रस सोसाईटिले दिने प्राथमिक उपचारको तालिम अनी स्काउटका विभिन्न तालिम भने लिएको छु । म आफैलाई थाहा छ यि सव पर्याप्त भने हैनन् । अझ अरु तालिम अनी ज्ञानको भने भोको नै रहेको छु ।

उद्धारको कार्य भन्दा बाहेक अरु के गर्नु हुन्छ ?
म विद्यालयहरुमा विद्यालय सुरक्ष अफिसरको रुपमा काम गर्ने गर्दछु । हाल एभरेस्ट स्कुल र शंकर नेशनल स्कुलमा सुरक्षा अफिसरको रुपमा कार्यरत रहेको छु आफ्नो सानोतिने ब्यवसाय पनि रहेको छ । सरसफाईलाई जोड दिनु पर्छ भन्दै विश्वका १८ देशमा संचालन हुँदै आएको क्लिन अफ नेपालमा सररफाईको अभियन्ताका रुपमा पनि रहेको छु । मुख्य गरि त समाजसेवामा नै सर्मपित छु ।

हाल सम्म पाएका उपलब्धी र सम्झन लायक कुनै क्षण छन् र ?
मैले कुनै उपलब्धी हाँसिल गरौंला भनी यस क्षेत्रमा भने लागेको हैन । तैपनि मेरो बुवाको मृत्यु भक्तपुर अस्पतालको सैयामा भयो केवल डाक्टर समयमा नआएको भएर , यस पछि अव भक्तपुर अस्पतालमा म सके सम्म अरुको बुवालाई मर्न दिन्न भनी अस्पतालको विभिन्न सुधार एवं अन्य कार्यको लागि जहिले पनि लागि रहेको छु । यहि योगदानको खातिर अस्पताले ११४ बर्षको बार्षिकोत्सब कार्यक्रममा सम्मान पनि गर्यो । तर अस्पतालको लागि मैले गर्ने काम भने अझै धेरै रहेका छन् अस्पतालमा नियमित रुपमा संचालन हुने आईसियू र अस्पतालको नयाँ भवन एवं चुस्त दुरुस्त ब्यवस्थापन नभएसम्म म यसको लागि लडि पनि रहने नै छु । यसका साथै हाम्रो बालवालिकाको लागि संचालन हुँदै आएको फिड नेपाल भन्ने संस्था छ जसमा पनि म आवद्ध छु त्यो संस्था मार्फत हामीले गरिव तथा जेहेन्दार बालवालिकाहरुलाई निशुल्क रुपमा पठन पाठनको ब्यवस्था आदि गर्दै आएका छौं यसलाई निरन्तरता पनि दिनै नै छौं । ती बालबालिकाको खुसी हाल सम्म सम्झन लायक क्षेणको रुपमा मैले लिने गरेको छु ।

अन्तमा युवाहरुलाई के भन्न चाहनु हुन्छ ?
अन्तमा कसैको हामीले सानो मद्त गरेको भरमा ज्यान नै बाँच्छ भने हामीले जहिले पनि मद्तका लागि हात बढाउनु पर्छ न कुनै सम्मान न कुनै ईज्जतका लागि केवल आत्म सन्तुष्टीका लागि हामीले सवैलाई समान ब्यवहार गर्दै मदतका हात बढाउँ आफु पनि बाँचौं अरुलाई पनि बचाउन मद्त गरौं भन्न चाहन्छु ।