काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने कार्य गरेको भन्दै पदमुक्त गर्न पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएको हो ।
उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरिएको छ ।







































