काठमाडाैँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। दलहरूले उम्मेदवारको टुंगो लगाउने क्रम पनि जारी छ।
निर्वाचन आयोगले उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरू बारे जानकारी दिएको छ।
मनोनयनका लागि आवश्यक कागजातहरू:
- नागरिकता / मतदाता परिचयपत्रको प्रतिलिपि (उम्मेदवारको उमेर २५ वर्ष पूरा हुनुपर्ने)
- उम्मेदवार, समर्थक र प्रस्तावकहरूको मतदाता नामावलीको प्रतिलिपि / निस्सा
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ५ (मनोनयन पत्र)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ६ (स्वघोषणा)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ७ वा ८ (पहिलो हुने निर्वाचन प्रणाली अनुसार राजनीतिक दलले मनोनयन गरेको औपचारिक पत्र)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची ९ (सम्पत्ति विवरण फाराम)
- प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ – अनुसूची १० (उम्मेदवारको वैयक्तिक विवरण फाराम)
- उम्मेदवार आफैं उपस्थित हुन नसकेमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२–अनुसूची ११ (प्रतिनिधि मुकरर)
- निर्वाचन आचारसंहिता, २०८२ – अनुसूची ३ (प्रतिवद्धता पत्र)
- दुई प्रति पासपोर्ट साइज फोटो
- उम्मेदवारी दस्तुर रु. १०,०००/-
विशेष छुट:
- महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट व्यवस्था छ।
यसरी उम्मेदवारले सबै आवश्यक कागजात संलग्न गरी निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउनु पर्नेछ।









































