उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा कांग्रेसको धमाधम टिकट वितरण

16

काठमाडौं । विभाजित अवस्थामा रहेको नेपाली कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ । सभापति गगन थापाको हस्ताक्षरसहित विशेषगरी कर्णाली, सुदूरपश्चिमलगायत टाढाका जिल्लामा टिकट पठाइएको छ भने अन्य क्षेत्रका उम्मेदवार पनि आज मध्यरातदेखि भोलि बिहानसम्म टुंगो लाग्ने बताइएको छ ।

हालसम्म नेपाली कांग्रेसले विभिन्न प्रदेशका निम्न निर्वाचन क्षेत्रहरूमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तय गरेको छ ।

कोशी प्रदेश
१. मोरङ–३ : सुनिल शर्मा
२. पाँचथर : नरेन्द्र केरुङ
३. तेह्रथुम : सन्तोष सुब्बा
४. धनकुटा : दिनेश राई
५. इलाम–१ : निश्कल राई
६. सोलुखुम्बु : प्रकाशसिंह कार्की

बागमती प्रदेश
१. काठमाडौं–३ : दुजाङ शेर्मा
२. काभ्रे–२ : मधु आचार्य

गण्डकी प्रदेश
१. बागलुङ–२ : टेकराज पौडेल
२. म्याग्दी : कर्णबहादुर भण्डारी

लुम्बिनी प्रदेश
१. रुकुम पूर्व : कसुम थापा मगर
२. रोल्पा : डा. सुधन ओली
३. प्यूठान : डा. गोविन्दराज पोखरेल
४. गुल्मी–१ : चन्द्र भण्डारी
५. गुल्मी–२ : भुवन श्रेष्ठ

कर्णाली प्रदेश
१. जुम्ला : दीपबहादुर शाही
२. हुम्ला : जयपति रोकाय
३. डोल्पा : कर्णबहादुर बुढा
४. कालिकोट : हर्ष बम
५. दैलेख–२ : दिक्पाल शाही
६. सल्यान : केशबहादुर विष्ट

सुदूरपश्चिम प्रदेश
१. बाजुरा : जनक गिरी
२. बैतडी : चतुरबहादुर चन्द
३. दार्चुला : धर्मानन्द जोशी

उम्मेदवारी मनोनयनको समय नजिकिँदै जाँदा बाँकी क्षेत्रका उम्मेदवार पनि अन्तिम चरणमा टुंग्याउने तयारीमा कांग्रेस नेतृत्व जुटेको छ । पार्टीभित्रको विवादका बीच टिकट वितरण तीव्र पारिएको छ ।