ऋषि धमलाको कार दुर्घटना

283

काठमाडौं – रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटना भएको हो ।

आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले दुर्घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिए । एसएसपी पन्तका अनुसार दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन्