भक्तपुर । एचआईभी एड्स तथा लागु औषध दुर्वेशनीका क्षेत्रमा कार्य गर्दै आएको सुरुवात संस्थाका अध्यक्ष राजेश दिदिया राष्ट्रिय एचआईभी एड्स महासंघ (एनएपीएन) को अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
लामो समय देखि राष्ट्रिय स्तरमा एचआईभी एड्स र लागुऔषध दुर्वेशनिकालागि विभिन्न काम गर्दै आउनुभएका दिदिया चितवनमा भएको ५औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
एचआईभी भएका मानिसहरुको आर्थिक उन्नतिको लागि कृषि देखि विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका उहाँ एचआईभी एड्स भएका मानिसको जीवन स्तर उकास्न तथा उनीहरुको परिवारको पुनस्थापनका लागि काम गर्दै आउनु भएको छ ।
Related