एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी पुनरागमन जित निकाल्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा स्वान्सी सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा २–० गोलले पछि परेको सिटीले दोस्रो हाफमा तीन गोल गर्दै उत्कृष्ट जित निकाल्न सफल भएको हो। सिटीलाई जित दिलाउन बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले समान एक एक गोल गरे। सिटीले एक गोल भने उपहार स्वरुप पाएको थियो।
उता स्वान्सीका लागि माट ग्रिम्स र बर्सेट सेलिनाले एक एक गोल गरे। पहिलो हाफको २० औँ मिनेटमा ग्रिम्सले गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २९ औँ मिनेटमा बर्सेट सेलिनाले गोल गर्दै स्वान्सीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० गोलको अग्रता बनाएको स्वान्सीले अन्तिम समय सम्म अग्रतालाई जोगाइराख्न सकेन।
खेलको ६९ औ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काए। खेलको ७८ औँ मिनेटमा सिटीले उपहार गोल पायो। स्वान्सीका गोलकिपर क्रिस्टोफर नार्डफेल्डको ७८ औ मिनेटमा आत्मघाति गोल गरे।
सिटीका लागि दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले खेलको ८८ औँ मिनेटमा गोल गर्दे टिमलाई पुनरागमन जित दिलाए।
Source link







































