Home निर्वाचन एमाले र माओवादीले उडाए आचारसंहिताको धज्जी, कलेज हाताभित्र ध्वजा पताका !
काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई प्रभावकारी रुपमा पालना गर्न आह्वान गरिरहेको अवस्थामा राजनीतिक दलका नेता र उम्मेदवारहरुले भने त्यसको वास्ता गरेका छैनन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका धेरैजसो घटना राजधानीमै देख्न सकिन्छ । काठमाडौंकाे माछापोखरीस्थित राजधानी कलेजमा नेकपा एमाले नेकपा माओवादी केन्द्रले चुनाव चिह्न अंकित ध्वजा पताका लगाएका छन् ।

कलेजको बास्केटबल कोर्टलाई एमाले र माओवादीको चुनाव चिह्न अंकित ध्वजा पताकाले छोपेको छ । कलेज हाताभित्र पनि एमाले र माओवादीको चुनाव चिह्न अंकित पताकाहरु जताततै छरिएका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनरुप विद्यालयमा चुनावी कार्यक्रम गर्न पाइँदैन । र चुनावी कार्यक्रममा विद्यार्थीको प्रयोग समेत गर्न पाइँदैन ।

lokantar
Related