आफ्नो परिचय दिनु न ?
म माधब खत्री । चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोटको बासिन्दा । त्रिपुरा सुन्दरी भद्राक्षी देवी तथा मात्तेश्वर माहादेव मन्दिर संरक्षण समितिको लागि आर्थिक संकलन संयोजक ।
त्रिपुरा सुन्दरी भद्राक्षी देवी तथा मात्तेश्वर महादेव मन्दिर तथा धाम निर्माणको प्रादुर्भाव कहाँबाट भएको हो ?
यो मन्दिर पौराणीक मन्दिर हो । सनातन मन्दिर । आदि काल देखि प्रख्यात मन्दिर माता सतिदेवीको देव्रे धुडा पतन भएको ठाउँ । स्वस्तानी देखि विभिन्न सास्त्रमा उल्लेख भएको स्थान तर विकासमा भने शून्य भएका कारण स्थानियको पहलमा नै यो स्थानको संरक्षण एवं धाम निर्माणको प्रादुर्भाव भएको हो ।
यसको अभियन्ता को त ?
यसको अभियन्त चाँगुनारायण नगरपालिकाको सिंगो समाज नै हो । सबैको मनमा यसको संरक्षण र विकास गर्नु पर्छ भन्ने भएको तर ब्यक्त गर्न नसकेको मात्र थियो तर सवै समाज मिलेर हाल यसको संरक्षण एवं विकासको पहल भएको हो ।
मन्दिर संरक्षणका लागि कति जमिन आवश्यक हो र ?
मन्दिर संरक्षण र धाम निर्माणका लागि जति जमिन भएपनि पुग्ने त हैन तर हाल मन्दिरमा जम्मा ११ आना २ पैसा जमिन रहेको छ खरिद गर्न लागेको जमिन भने जम्म १३ आना हो । मन्दिरको वरपर रहेको जमिन समितिले आर्थिक संकलन गरेर ४९ लाखमा खरिद गर्न लागेको छ ।
मन्दिरको जग्गा खरिद गर्नकोलागि कति रकम उठाउनु भयो र कसरी रकम संकलन गर्नुभयो त ?
मन्दिरको लागि जमिन खरिद गर्न भनी लगाईएको सप्ताहबाट सवै खर्च कटाएर ३४ लाख जोगाएका थियांै नपुग रकम संकलनकालागि मेरो नै नेतृत्वमा विभिन्न स्थानमा साथीभाई समाजका अगुवा उद्यमी ब्यापारी साथीभाईहरुसंग नपुग रकम संकलन गरेका हौं ।
रकम संकलन भई सक्यो अव भावी योजना के रहेको छ त ?
अव हाम्रो भावी योजना भनेको गुरु योजना बनाएर संसार भर रहेका पिठहरु संग दोत्य सम्वध राख्ने एक अर्काको भ्रमण गर्ने , त्रिपुरा धामलाई धार्मिक पर्यटकीय स्थल तथा तिर्थ बनाउन प्रचार प्रसार गर्ने लक्ष्य रहेको छ ।
किन तपाई यस प्रति आकर्षित रहनु भयो त ?
मैले नजान्दा देखि नै यहि देवीको नामबाट आफ्नो ब्यापार ब्यवसाय सुरु गरें । अहिले दशक भयो आफू हाल सम्म सफल नै रहेको ठानेको छु । त्यही भएर देविका लागि निस्काम भएर केहि गरौं भनी भावना जागृत भएका कारण आफू यो अभियानमा संलग्न भएको हुँ । त्यही मुताविक समाजका अगुवाहरुले जिम्मेवारी पनि दिनुभयो उहाँहरुले दिनुभएको दाहित्व निर्वाह गरिरहेको छु गरिरहने पनि छु ।
अन्तमा केहि भन्न चहानुहुन्छ ?
समाज भिन्न भिन्न मुद्घामा विभाजित रहेको छ । केहि मानिस अलग धार्मित तथा तुच्छ स्वभावका भएका कारण समाज विकासमा पनि अवरोध भएको छ । धार्मिक पर्यटनको विकासमा पनि असहजता भएको छ । हाल हामी हामी बिचमा नै धार्मिक सहिष्णुतामा कमि भएको छ । यसलाई चिर्दै परापुर्व काल देखि चल्दै आएको परम्परालाई जोगाएर हामी हामी विचमा सदभाव राख्नेहो भने हामी अन्तर धार्मिक पर्यटक भित्र्याउन पनि सफल हुने थियो यसवाट सबैलाई समान फाईदा नै हो । यसैले हाल समाजमा विद्यमान अन्तर धार्मिक असहिंष्णुताको अन्त हुनु पर्छ भन्ने नै मेरो इच्छा रहेको छ ।







































