भक्तपुर । भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा २ करोडको कारोवार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको १०औं दिनमा १ लाखले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको मेलामा ६ दर्जन बढि चर्चित गायक गायिका, हास्य व्यङय कलाकार, जादुगरहरुको उपस्थिती जनाएका छन् । आज शनिबार हेमन्त शर्मा, हरि कर्माचार्य (गुल्मी गाइज), सरिता प्रजापति, राजेश बर्देवा, रोमा न्यौपाने, मुक्तिनाथ उप्रेतीलगायतले दर्शक तताए ।
मेलामा मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टलसहित २ सय राखिएको छ ।
मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन हुने आयोजक मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो । मेला आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।







































