सञ्जीब दुलाल
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा २१ जना जेष्ठ नागकिरलाई सम्मान गरिएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई माला र सम्मान पत्रका साथमा दौरा सुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा ११ महिलालाई माला, सम्मान पत्रका साथमा धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गर्दै सम्मान गरेका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका समावेशी सचिव अमर भुजुलाई माला लगाएर सम्मान पत्र दिदै सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख थापाले जनप्रतिनिधी आएको एकवर्षको अन्तरालमा ९० प्रतिशत विकास निर्माणको काम सम्पन्न गरेको बताउँदै नगरपालिका विकास कार्यमा जेष्ठ नागरिकको सर सल्लाहमा नै अघि बढने बताए । उनले जेष्ठ नागरिक विगतका ऐना भएको बताउँदै विगतको दर्पणलाई भुलेर कुनै पनि विकास सम्भव नभएको उनले बताए ।
कार्यक्रममा नगरपालिका कार्यपालिका सदस्य दिपक बिसुङ्गे, नगरपालिकाका सदस्य मनोज थापा र वडा नं. ५ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार जोशीले जनप्रतिनिधी आएपछि नगरपालिकाको विकासमा फड्को मारेको बताए । उनीहरुले आगामी दिनमा पनि जेष्ठ नागरिकको सर सल्लाह र आड भारोषामा नै आफुहरुले विकासमा अघि बढने समेत बताएका थिए ।







































