Home निर्वाचन कहाँ- कहाँबाट चुनाव लड्ने भए कांग्रेस नेता ? देउवादेखि गगनसम्म
काठमाडौँ – नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको नेपाली काँग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरू टुङ्गो लगाएको जानकारी काँग्रेसको निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताए ।
पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा डडेल्धुरा क्षेत्र नं. १,
वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ जिल्लाको क्षेत्र नं. १,
पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १,
महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको (नवलपुर) जिल्लाको क्षेत्र १,
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाको क्षेत्र २,
उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३,
पार्टीका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३ बाट उम्मदवार हुनेछन् ।
यसैगरी केन्द्रीय सदस्य महेश आचार्य मोरङ क्षेत्र नं. ४,
अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल मोरङकै क्षेत्र नं. २,
केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ बाट उम्मेदवार हुने भएको जानकारी पनि संयोजक खाँडले दिए ।
यसैगरी नेताहरू डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५,
एनपी साउद कञ्चनपुर क्षेत्र नं. २,
रमेश लेखक कञ्चनपुर क्षेत्र नं. ३,
डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १,
उदयपुरकै क्षेत्र नं. २ मा नारायण कार्की,
बाराको क्षेत्र नं. ३ मा फरमुल्लाह मन्सुर,
पर्साको क्षेत्र नं. ४ मा रमेश रिजाल,
सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र
सुनसरी क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी नेताहरू गगनकुमार थापा काठमाडौँ–४,
अर्जुनप्रसाद जोशी पर्वत–१,
नवीन्द्रराज जोशी काठमाडौँ–८
बाट उम्मेदवार बनेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए, ।
Related