Home निर्वाचन काँग्रेसबाट प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस
सल्यान । आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावका लागि नेपाली काँग्रेस साविक शान्तिनगर गाउँपालिकाले उम्मेदवार सिफारिस गरेको छ ।
काँग्रेस शान्तिनगरको बैठकले प्रदेश र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीको सभापतित्वमा सम्पन्न बैठकले प्रदेश चुनावका लागि प्रत्यक्षतर्फ शंकरप्रसाद डाँगी, खिमप्रसाद खराल, भरत केसी, टीका घर्ती, जगत खड्का र केशव आचार्यको नाम सिफारिस गरेको छ ।
यस्तै, प्रदेश चुनावका लागि समानुपातिकतर्फ गेहेन्द्र गिरी र शशिधर केसीको नाम सिफारिस भएको जनाइएको छ ।
केन्द्रीय चुनावका लागि प्रत्यक्षतर्फ दीपक गिरी, बुद्धिराम भण्डारी र राजेन्द्र धिताल तथा समानुपातिकतर्फ सुष्मा गिरीको नाम मात्रै सिफारिस भएको काँग्रेस शान्तिनगरका सभापति बुद्धिराम तिवारीले जानकारी दिए ।
स्थानीय तहको चुनावमा पार्टीको उम्मेदवारका विरुद्धमा लाग्नेलाई सिफारिस गर्न नसकिएको पनि उनले बताए ।
Related