काँग्रेसलाई मत किन ?

340

१ अतिबादको प्रतिबाद : कम्युनिष्ट आवरणमा उदाउन खोजेको भ्रष्ट चरित्रको अधिनाकवादी दुःस्वप्नलाई परास्त गर्दै असल शासन प्रत्याभुत गर्ने मध्यमार्गि लोकतन्त्रको सबलीकरणका लागि नेपाली काँग्रेस ।

२ रोजगारमुलक बृद्दि : अर्को दशक राष्ट्रिय पुनर्जागरणको कालखण्ड हुने र नेपाललाई दिगो बिकासमा अग्रणी ,मध्यम आय भएको मुलुक बनाउन अभुतपुर्व गतिमा पुर्वाधार निर्माण एवं नीतिगत सुधारका कार्यक्रम मार्फत स्वदेशी र बिदेशी पूजी परिचालन र रोजगारी सिर्जना गर्नका लागि नेपाली काँग्रेस ।

३ कल्याणकारी राज्य :बीपी कोईरालाको आर्दश अनुरुप लोकतान्त्रिक समाजवादी राज्य जहाँ स्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायत चुस्त र्सार्वजनिक सेवा सुनिश्चित हुन्छ त्यस्तो समता मुलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्युन हुने गरि २१ औं शताब्दी अनुकुल सामाजिक सुरक्षा प्याकेजको महत्वाकाक्षी योजना कार्यान्यवन गर्नका लागि नेपाली काँग्रेस ।

४ देश जोड्ने संघियता:पर्याप्त स्रोत साधन,अधिकार,क्षमता र जवाफदेही सहितका स्थानीय,प्रादेशिक र संघीय सरकार जसले एकिकृत राष्ट्रिय अर्थतन्त्र मार्फ हिमाल पहाड र मधेशलाई एकताको मालामा उन्नेछन , तिनको सफल संचालनका लागि नेपाली काँग्रेस ।

५ र्सार्वभौम समानता :छिमेकी राष्ट्हरुसगँ सन्तुलित र सम्मानजनक कुटनैतिक सम्बन्ध कायम गर्दै आर्थिक अर्न्तनिर्भरता जलवायु परिर्वतन र आंतकबाद जस्ता साझामुद्दामा सहकार्य गर्न अन्तराष्ट्रिय बिश्वसनियता भएको नेपाली काँग्रेस ।

६ सक्रमणकालीन न्याय :सशस्त्र द्धन्द्धकालिन मुद्दाको निरुपण,आम पिडित जनतामा न्यायको प्रत्याभुति र शान्ति सम्झौतालाई बिधिवत टुगोमा पुर्याउन शान्ति प्रकृयाको भरपर्दो नेतृत्वकर्ता नेपाली काँग्रेस ।

७ सामाजिक धार्मिक सदभाब : समाजमा हरेक समुह र वर्गबीच सिर्जनात्मक सहकार्य र सदभाब कायम गराउने संघ सस्था एवं सनातन देखि चलिआएको धर्म परम्परा र सस्कृतिको संरक्षण र पबर्द्धन गर्नका नीम्ती एतिहासिक नेपाली काँग्रेस ।

किरण न्यौपाने

जिल्ला सदस्य ,

नेपाली कांग्रेस भक्तपुर