काँग्रेसीले आफ्नो दाहित्व वहन गर्न नसक्दा पराजय भएको : बस्नेत

609

भक्तपुर । गरिवी निवारण तथा सहकार मन्त्री अम्विका बस्नेतले काँग्रेसीहले हाल सम्म पनि आफ्नो दाहित्व वहन गर्न नसक्दा भक्तपुरमा काँग्रेस हारेको वताउनुभएको छ । स्थानिय तहको निर्वाचनमा भक्तपुर जिल्ला भरवाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले काँग्रेस आफ्नै कारणले भक्तपुरमा हार ब्यहोर्नु परेको बताउनुभएको हो ।

मन्त्री बस्नेतका अनुसार अव हुने प्रदेश र केन्द्रको निर्वाचन एकै पटक हुने समेत वताउनुभएको छ । उहाँका अनुसार नेकपा एमाले पनि निर्वाचन एकै पटक हुनु पर्दछ भन्नेमा सकारात्मक रहेका कारण आगामी निर्वाचन एकै पटक संभव भएको वताउनुएको हो ।

कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नम्वर २ का सभासद रामेश्वर ढुंगेलले निर्वाचित पदाधिकारीको काँधमा ठुलो जिम्मेवारी आएको वताउँदै अव उक्त जिम्मेवारी साथ साथै पार्टीको ईज्जतको पनि ख्याल गर्दै काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गनुभएको थियो ।

कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला पुर्व सभापती गणेश चक्रधरले पाटी भित्रको घात अन्तरघातका कारण नै आफ्नो पाटी भक्तपुरका तीन नगरपालिकामा पछि परेको आरोप लगाउनुभयो । उहाँले यसरी घात अन्तरधातमा संलग्नलाई समयमा नै कारवाही नगर्ने हो भने पछिल्लो समयमा यसले ठुलो विकराल रुप लिने समेत जनाउनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सभापती दुर्लभ थापाले विगतका दिनमा जे जस्तो भएपनि आगामी दिनमा आउँदै गरेका निर्वाचनमा सवै काँग्रेसी एक हुनु पर्ने वताउनुभयो । उहाँले अव पनि हामी एक हुन नसकेको खण्डमा हामीले राजनिती गरि जनताको सेवा गर्छु भनी लाग्नु ब्यर्थ भएको वताउनुभएको थियो ।

कार्यक्रमको संयोजन प्रशिक्षण विभागका सदस्य राम खड्काले गर्नु भएको थियो ।