काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुवै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
२०७९ सालको निर्वाचनमा झापा–१ बाट चुनाव जितेका उपसभापति शर्मा यसअघि नै चुनाव नलड्ने घोषणा गरिसकेका थिए। उनलाई यसपटक कांग्रेसले निर्वाचन परिचालनको जिम्मेवारी दिएको छ।
उपसभापति भुसाल पनि यस पटक चुनाव नलड्ने निर्णयमा पुगेकी छन्। २०७९ मा अर्घाखाँची–१ मा उनी एमालेकी टोपबहादुर रायामाझीसँग पराजित भएकी थिइन्।
शर्मा र भुसाल दुवै कांग्रेस विशेष महाधिवेशनबाट उपसभापति छानिएका हुन्।








































