कांग्रेसले काभ्रे–१ मा गुणराज मोक्तान, काभ्रे–२ मा मधु आचार्यलाई टिकट दियो

0

काठमाडौँ। नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर १ मा गुणराज मोक्तान र काभ्रे क्षेत्र नम्बर २ मा मधु आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार बसेको संसदीय बोर्ड बैठकले उनीहरूलाई टिकट दिने निर्णय गरेको हो।

मोक्तान कांग्रेस काभ्रे जिल्ला समितिको सचिव हुन् भने आचार्य कांग्रेस केन्द्रीय सदस्य हुन्।