काठमाडौँ। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनको टिकट प्रदान गरिएको छ।
सोमबार बसेको संसदीय बोर्ड बैठकले कार्कीलाई उक्त क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको हो।
कार्की पूर्वसभापति शेरबहादुर देउवा निकट नेता हुन् र पूर्वमन्त्री समेत भइसकेका छन्।








































