काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारलाई सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट प्रदान गरिएको छ।
सोमबार बसेको संसदीय बोर्ड बैठकले गच्छदारलाई उक्त क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको हो।
गच्छदार पूर्वसभापति शेरबहादुर देउवा निकट नेता हुन् र पटक–पटक उपप्रधान तथा मन्त्री भइसकेका छन्।
त्यसैगरी, देउवा निकट ज्ञानेन्द्र कार्कीले पनि सुनसरी–४ बाट टिकट पाएका छन्।








































