कांग्रेस निवर्तमान उपसभापति धनराज गुरूङ उम्मेदवार नबन्ने

0

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने पक्का भएको छ।

स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाएपछि गुरूङले चुनाव नलड्ने निर्णय गरेका हुन्।

कांग्रेस संसदीय बोर्डले स्याङजा–१ मा भरतराज ढकाल र स्याङजा–२ मा भागवतप्रकाश मल्ललाई टिकट दिने निर्णय गरेको थियो।

गत निर्वाचन २०७९ मा स्याङजा–१ बाट कांग्रेसका राजु थापा विजयी भएका थिए, जसले यस पटक चुनाव नलड्ने घोषणा गरिसकेका छन्। त्यस्तै स्याङजा–२ बाट निवर्तमान उपसभापति धनराज गुरूङ विजयी भएका थिए।