Home समाचार काभ्रेमा दर्ता विनै पशुपति र ब्लु साइन क्रसर उद्योग, प्राकृतिक स्रोतमाथी अवैध...
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग
काभ्रे । स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन भई रहेको छ ।
मोटो रकमको चलखेलमा उक्त उद्योगहरु खुलेयाम संचालन भई रहँदा पनि स्थानीय निकाय र प्रशासन भने कानमा तेल हालेर बसेका छन् ।
काभ्रेको नवोवुद्द नगरपालिका क्षेत्रमा दर्ता नै नगरी अवैध क्रसरहरू सञ्चालनमा रहँदा पनि स्थानीय निकाय र प्रशासनले भने कानमा तेल हालेर बसेका छन् ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन अनी स्थानीय निकायलाई पनि लत्याउँदै प्रकृतिक स्रोतको दोहन गर्दै अवैध क्रसर संचालन हुँदा पनि उनीहरु मौन हुनुमा केहि त झोल भएको स्थानीयको आरोप रहेको छ ।
उद्योग सञ्चालनको लागि स्थानीय तहबाट लिनुपर्ने अनुमति र शर्त पालना नगरेको अनुगमन समितिले पाएको भएपनि हाल सम्म पनि उक्त क्रसर हरुलाई भने कुनै कारवाहिको दायरामा भने ल्याइएको छैन ।
नदीजन्य सामग्री उत्खनन र विक्री गर्न प्रदेश सरकारले जारी गरेको मापदण्डअनुसार क्रसर उद्योगहरू संचालन हुनु पर्ने हो तर यस्तो भने नभएको स्थानीयको आरोप रहेको छ ।
नमोबुद्द नगरपालिका वडा नम्वर ४ मेथिनकोट दाप्चा १ नम्वर पुल नजिक संचालन भई रहेको पशुपति रोडा ढुंगा उद्योग र नवोबुद्द नगरपालिका वडा नम्वर ६ खालान्थोक रोशी किनारमा रहेको ब्लु साइन रोडा ढुंगा उद्योग प्रालीले स्थानीय निकाय र प्रशासनसँग खानी संचालनको अनुमती नलिई नलिई संचालनमा रहँदै आएका छन् ।
प्रकृतिक स्रोतको दोहन त्यो पनि अनुमती भने कतै बाट पनि नलिई गर्दा पनि स्थानीय निकाय अनी प्रशासन चुप लाग्नु भनेको दालमा केहि कालो छ भन्ने उखान र ब्यवहार एकै भएको देखिन्छ ।
Related