योंगहार्टका दर्जन युवा स्काउटद्वारा आरोहण
काठमाण्डौं । योंगहार्ट ओपन स्काउट क्र्यु कुमारीगालका १ दर्जन युवा स्काउटले रसुवा जिल्लाको लांगटांग पहाडको ४ हजार ७७० अग्लो चुचुरो (१५ हजार ६५५ फिट) क्यान्जिन रि १ र २ को सफल आरोहण गरेका छन् ।
लांगटांग पहाडको सबैभन्दा अग्लो चुचुरो नै क्यान्जिन रि हो । यो चुचरो क्यान्जिन गुम्बाको उत्तर पुर्वमा पर्छ । जाडोयाममा हिँऊले भरिने र अन्य मौसममा पहाडको थुम्को रहनेलाई पर्यटकिय भाषामा ‘रि’ भन्ने गरिन्छ ।

आरोहण टोलीले नयाँबानेश्वरस्थित काव्य स्कूल अन्तर्गत काव्य स्काउट ट्रुपको स्काउटको स्कार्फ र योंगहार्ट ओपन स्काउट क्र्युको स्काउट स्कार्फ समेत सो चुचुरोमा राखेका थिए ।
योंगहार्ट ओपन स्काउट क्र्यु कुमारीगालका संस्थापक अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला स्काउटका जिल्ला आयुक्त देवदूत अधिकारीको नेतृत्वमा स्काउट शिक्षक रोहित गुरुंगसहित सो चुचुरो आरोहण गर्नेहरुमा रोभर लिडर अनुज थापा,तथा रोभर (युवा स्काउट) हरुमा गौरव प्रताप जंगबहादुर राणा, सहर्ष राना मगर, सुशान्त इस्तवा, प्रदिप पोखरेल, प्रज्वल विष्ट, आयुष ढकाल, शिशिर पुडासैनी, रविन श्रेष्ठ, दुर्गा राई र निशा बमजन छन ।

५ रात ६ दिनको पदयात्रामा गएका योंगहार्ट ओपन स्काउट क्र्युमा आवद्ध युवा स्काउटहरुले क्यान्जिन रि १ र २ को आराहेण गरेका थिए । क्यान्जिन रि आराहेण गर्ने योंगहार्ट ओपन स्काउट क्र्युनै नेपाल स्काउटको पहिलो स्काउट क्र्यु भएको दावी गरिएको छ । टोलीमा कोशल कुँवर,दिपिका क्षेत्री र शरु शर्मा पनि सहभागी थिए ।







































