भक्तपुर । का.मु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले भक्तपुर जिल्ला अदालतको अनुगमन गर्नुभएको छ ।
भक्तपुर जिल्ला अदालतमा भएका काम कारबाही तथा नयाँ भवन निर्माण विषयमा अनुगमन गर्न उहाँ भक्तपुर जिल्ला अदालत पुग्नु भएको हो ।
का.मु प्रधान न्यायाधीशले भक्तपुर जिल्लामा हुने अदालती काम कारबाही तथा सेवाग्राहीका गुनासा अदालतका दैनिकी एवं मुद्दा फछैंयोटको विषयमा जानकारी लिनु भएको थियो ।
कार्कीले भक्तपुर जिल्ला अदालतको निर्माणाधीन भवनको अवलोकन समेत गर्नुभएको थियो ।
निर्माण अन्तिम अवस्थामा पुगेको जिल्ला अदालतको भवन अवलोकन गर्नुका साथै नयाँ अदालतबाट छिटै नै सेवा विस्तारका लागि हुँदै गरेका काम कारवाहीको विषयमा जानकारी लिनु भएको थियो ।
अदालत छिटै नयाँ भवनमा सर्छ बास्तोला
भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश गोपाल प्रसाद बास्तोलाले भक्तपुर जिल्ला अदालत छिटै सर्ने बताउनुभएको छ । उहाँले नयाँ भवन निर्माण कार्य अन्तिम अवस्थामा पुगेको बताउँदै अदालत सार्नको लागि केही प्राविधिक समस्या मात्र बाँकी रहेको समेत जानकारी दिनुभयो ।
नयाँ निर्माणाधीन जिल्ला अदालत भवनमा सर्ने तरखरमा आफूहरू लागी परेको समेत उहाँले जानकारी दिनुभयो । केही प्राविधिक समस्या समाधान गर्न मात्र बाँकी रहेको जानकारी दिँदै उहाँले छिटै नयाँ भवनमा अदालत सर्ने बताउनुभएको हो ।