कुन औलामा चक्र हुने मानिस कस्तो हुन्छ ? कतिवटा चक्र हुँदा कस्तो फल पाईन्छ ?

1366

औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ ।

जुन व्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पुर्ण उत्तमजीवन विताउँदछन् ।

यस्ता व्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारको जन्म दिनेखालको हुन्छन् ।

चक्रको औला अनुसार फल

१) औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धि गर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधै तत्पर रहन्छ र ऐर्श्वर्यद्वारा पर्ूण्ा जीवन यापन गर्दछ ।

२) औठा एवम् तर्जनी औलामा चक्र भएमाः-जातकले समाजमा धन, यश, सम्मान प्राप्त गर्दछन् र प्रत्येक इच्छा पुर्ण हुन्छ ।

३) तर्जनी औलाको अग्रभागमा चक्र छ भनेः-जुन व्यक्तिको औलामा यस्तो चिन्ह छ त्यस व्यक्तिले माता- पिता, भाई बन्धुद्वारा धन सम्पत्ति प्राप्त गर्दछ । व्यवसायी, राजनेता, चिकित्सक यस श्रेणीमा पर्दछन् । जातकले कार्य कुशल एवम् इश्वरमा आस्था र विश्वास राख्नेवाला हुन्छ ।

४)मध्यमा औलाको टुप्पोमा चक्र भएमाः-जातकलाई धार्मिक कार्यद्वारा धनलाभ गर्नुका साथै धार्मिक नेता या पुजारी हुन्छ ।

५)अनामिका औलामा चक्र छ भनेः-त्यस्ता व्यक्तिलाई आफ्नो मित्र वगद्वारा धनलाभ हुनुका साथै व्यापारबाट लाभान्वित हुन्छ ।

६)अनामिका एवम् तर्जनी औलामा चक्र भएमाः-जातक व्यवहारिक एवम् स्नेहशील हुन्छ ।

७)कनिष्ठ – कान्छी ) औलामा चक्र छ भनेः-यस्ता व्यक्तिहरूले आफ्नो व्यवसायद्वारा धन प्राप्ति गर्दछन् । जातक शास्त्रको ज्ञाता हुनुको साथै लेखन कार्यमा निपुण हुन्छन् । यदि सम्पुर्ण औलाहरूको टुप्पोमा चक्र छ भने जातकलाई भाग्यशाली, यशस्वी एवम् वाकपटु र सुखी बनाउँदछ । यदि चन्द्र पर्वतमा चक्रको चिन्ह छ भनेः-जातक जातिकालाई पानीमा डुब्ने वा पानीको भय र अत्याधिक टाउको दुःख्ने समस्ायले जीवनभरि सताईरहन्छ ।

चक्र संख्या अनुसारको फलः-

१)एक चक्र भएमाः-जातक वीर, सुखीजिवन विताउनुका साथै चतुर हुन्छ ।

२)दुई चक्र छ भनेः-अति सुन्दर र सम्मानित व्यक्ति बन्छ

३)तीन चक्र भएमाः-धनी, विलासी हुन्छ ।

४)चार चक्र छ भनेः-धनहीनता, दुरदर्शिता हुन्छ ।

५)पाँच चक्र भएमाः-सुखको उपभोग र ज्ञानी हुन्छ ।

६)छ चक्र भएको छ भनेः-काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष हुन्छ ।

७)सात चक्र छ भनेः-सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।

८)आठ चक्र भएमाः-विरामी बाट हुन्छ ।

९)नौ चक्र छ भनेः-सौभाग्यशाली हुन्छ ।

१०)दश चक्र भएमाः-आत्म ज्ञानी र महावली प्रभु हुन्छन् ।