के छ त कुशको महत्व

1938

भक्तपुर । भाद्र कृष्णपक्ष अर्थात कुशेऔँशी । घरघरमा पवित्र कुश भित्राउने दिन ।
कुश देवकार्यका निम्ति पवित्र वनस्पति हो ।
जसको मूलमा ब्रह्मा, मध्यभागमा विष्णु र अन्त्यभागमा शिवजीको निवास रहेको हुन्छ ।
मूलसहित कुशलाई पवित्र मानिन्छ ।
वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको छ ।
आयुर्वेदको उपचारमा कुशको प्रयोग अहम रहेको छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ ।

पवित्र बनस्पतिका रुपमा रहेको कुश कुश ग्रहण गर्ने पनि विशेष विधि बताइएको छ ।
सर्वप्रथम पूर्व फर्किएर कुशको निम्न मन्त्रले प्रार्थना गर्नुपर्दछ स्

विरञ्चिना सहोत्पन्नः परमेष्ठीनिसर्गतः । नुदः सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।
यसरी मन्त्रोच्चारण पूर्वक पूर्व उत्तर तर्फ फर्की हुं फट् उच्चारण गर्दै कुशलाई उखेल्नुपर्छ भन्ने विधान बताइएको छ ।

यसैगरी कुशे औसी बुबाको मुख हेर्ने दिन पनि हो । पितृकार्यका निम्ति पनि आज शुभ मानिन्छ । आज नुवाकोटको उत्तर गया, काठमाण्डौंको गोकर्ण लगाएतका तीर्थमा गरिएको पितृकार्यको विशेष महिमा रहेको छ छ ।
आफ्ना पिता भएकाले मिठाई , लुगा लगाएत दिएर आज बुबाको मुख हेर्ने गरिन्छ भने बुबा विति सकेकाहरुले स्नान गरि शुद्दभएर आज आफ्ना पितालाई सम्झदै तीर्थमा पितृकार्य गर्ने चलन रहि आएको छ ।