कैलालीका पाँचवटै क्षेत्रका कांग्रेस उम्मेदवार टुंगो

0

काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले पाँचवटै क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गर्नुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन्।

कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिनुभएको छ।

उम्मेदवार सूची यसप्रकार छ :

  • क्षेत्र–१ : जनकराज चौधरी
  • क्षेत्र–२ : विजय स्वार
  • क्षेत्र–३ : भीम बडुवाल
  • क्षेत्र–४ : वीर बहादुर बलायर
  • क्षेत्र–५ : नरनारायण शाह ‘मनु’

यससँगै कांग्रेस कैलालीमा उम्मेदवारी प्रक्रिया पूरा गरी निर्वाचनका लागि तयारीमा लागेको छ।