कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।
कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो। सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको कोलम्बियाका अधिकारीले जनाएका छन्।
विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो। त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।







































