को बन्लान नेबिसंघमा अबको कमाण्डर

952

भक्तपुर । नेपाल विद्यार्थी संघको १३ औँ महाधिवेशनमा ३१ वर्षे उमेर हदबन्दी लागेसँगै आगामी नेतृत्ववारे चर्चा र बहस र रस्काकस्सी सुरु भएको छ ।
संघको आगामी नेतृत्वमा दाबी गर्नेहरुमा संस्थापन पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट उपाध्यक्ष पवन यादव, सह महामन्त्री द्धय प्रेमराज जोशी, अम्बिका चलाउने पनी आकाँक्षी देखिएपनी जोशीको पल्लाभारी हुने निश्चित प्राय छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट वर्तमान उपाध्यक्ष सागर परियार र कोषाध्यक्ष शिव रिमाल आकाँक्षी हुन रिमाल पौडेलका निकट हुन भने परियार महामन्त्री ससांक कोइरालाले रुचाएका पात्र हुन ।
उता पार्टी सभापति शेर बहादुर देउवा संग बार्गेनिंग गर्दै आकार बढाएपनि निष्प्रभावी देखिएको कृष्ण सिटौला समुहबाट पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, दुजागं सेर्पा र नवराज त्रिपाटी अध्यक्षका दाबेदार हुन यसपाली रामचन्द्र पौडेल पक्षसंग सहकार्य गरेर परिणाम हात पार्ने रणनितिमा रहेपनि त्यो सम्भव नरहेको नेबिसंघकै एक नेताले बताए ।

त्रिचन्द्र क्याम्पस हुदै राजनैतिक यात्रा सुरुवात गरेका कैलालीका जोशी विद्यार्थीहरुमाझ सबैभन्दा रुचाईएका नेता हुन ।
विद्यार्थीहरुका समस्याहरुमा सदैव नजिक रहेर काम गर्ने जोशी नै संस्थापन पक्षबाट अध्यषको उम्मेद्धवार हुने निश्चित रहेको स्रोतले जनाएको छ ।

महामन्त्रीमा सबैभन्दा धेरै आकाँक्षीहरु रहेका छन् संस्थापन देउवा पक्षबाट प्रकाश घिमिरे, तारक के.सी, मिरा कटुवाल लगायत महामन्त्री पदका दाबेदार हुन ।
घिमिरे वर्तमान समितिका सह महामन्त्री हुन उनि काँग्रेस नेता बालकृष्ण खाडका निकट पात्र हुन ।
केन्द्रिय सदस्य के.सी पार्टी महामन्त्री पुर्ण बहादुर खडकाका निकट आकाँक्षी हुन ।
के.सी बलियो सम्र्पक सुत्र र देशभर राम्रो समन्वय भएका विद्यार्थी नेता हुन ।
कटुवाल उदयपुरमा गत निर्वाचनका क्रममा बम बिष्पोटनमा परी खुटटा गुमाएकी विद्यार्थी नेतृ हुन उनी नेबिसंघको मनोनित केन्द्रिय सदस्य हुन ।

त्यस्तै बरिष्ठ नेता पौडेल पक्षबाट रघुबिर कार्की,एलिजा ढकाल,अनिल शाही देखिएका उम्मेदवार हुन् ।

सिटौला पक्षबाट शुसिल भट्ट, रत्नहरी ढुंगेल, लगायत रहेका छन एकै पटक नेतृत्व दोस्रो पुस्ताको हातमा जाने भएपछि तेह्रौ महाधिवेशनलाई काँग्रेस वृतमात्र होईन नेपालको विद्यार्थी राजनिति वृतमा विषेश महत्वका साथ हेरिएको छ ।