को हुन् इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउने नेपाली चेली

299

भक्तपुर । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा हुन् ।

एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् ।

२०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि इथोपियामा काम गर्न पुगेकी थिइन् ।
यसै क्रममा उनी विमान दुर्घटनामा परेकी हुन् ।

२८ वर्षीया अधिकारीका बुवाआमा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका थिए । उनीहरु अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् ।

एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ बालाजुस्थित घरमा छन् । एकताको मृत्युको खबर पाएपछि हाल अमेरिकामा दुई छोरीका साथमा रहेका आमा र बुवा नेपाल फर्कदै छन् ।