क्यान्सर लगायतका विरामीलाई ३४० ब्ल्यांकेट

806

काठमाडौं ।
सरकारले क्यान्सर, मिर्गाैला फेल भएका र मेरुदण्डको कारण पक्षघात भएका विरामीलाई जीवनयापन भत्ता वापत जनही ५ हजार रुपैया मासिक भत्ता दिन थालेको ३ दिन भयो ।

यसै सिलसिलामा फिड नेपाल नामक संस्थाले साथीभाईबाट संकलन गरेको आर्थिक सहयोगबाट भक्तपुर क्यान्सर अस्पताल, सहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालमा भर्ना भई उपचार गराईराखेका ३ सय ४० जना विरामीलाई एक÷एकवडा ओढ्ने (ब्ल्यांकेट) र खानेकुरा वितरण गरेको छ ।


कुल १ लाख ९७ हजार रुपैया बराबरका ति सामाग्री विरामीलाई हस्तान्तरण गरेको फिड नेपालकी अध्यक्ष आयुशा जोन्छेले बताइन । अध्यक्ष जोन्छेका अनुसार तीनवटा अस्पतालमा भर्ना भएका सबै विरामीलाई दिएर बाँकी भएको सामाग्री सम्वन्धित अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको थियो ।


ब्ल्यांकेट र खानेकुरा हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक म्याथु घाना सेल्भान, अध्यक्ष जोन्छे, सचिव अरुण सैँजु लगायतका पदाधिकारीले वितरण गरेका थिए । १० हजार रुपैया बराबरको खानेकुरा भक्तपुरका स्थानीय रोमन शिलाकारले सहयोग गरेको संस्थाले जनाएको छ । सो संस्थाले यसअघि भक्तपुरको सिद्धपोखरी किनारमा पानीपुरी बेचेर किनेको लञ कपडा बाढी पीडित तराइवासीलाई विरण गरेको थियो ।