सङ्खुवासभा (खाँदबारी) । खाँदबारी नगरपालिकाले स्थानीय रैथाने बाली संरक्षण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम मध्ये रैथाने बाली प्रबद्र्धनका लागि विविध क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने भएकाले सम्बन्धि कृषक, फम र संस्थलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
रैथाने बाली संरक्षण कार्यमा सहभागि हुन खाँदबारी नगरपालिका भित्रका इच्छुक कृषक, कृषि फम, कृषक समूह, (संभावित प्रस्तावहरुकलाई) दश दिनभित्र कार्यलय समय भित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरिएको छ ।
प्रस्ताव पेश गर्दा निवेदन, आवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषि फम, कृषक समूह, सहकारी, व्यावसाय सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कर तिरेको प्रमाणपत्रको प्रतिलि, सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गाधनी पूर्जा प्रमाणपत्रको प्रतिलिपि, जग्गाको तिरो तिरेको रसिद, प्रस्तावित क्रियाकलापहरु पेश गर्नुपर्ने खाँदाबारी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।







































