गजलकार ‘थकित’को शब्दमा छोडि जानु रहेछ सार्वजनिक –भिडियो सहित

635

नेपाली गीत संगीतको ईतिहास जतिकै लामो यसलाई माया गर्ने रचनाकार एवं श्रश्ठाहरुको योगदान पनि उस्तै रहेको छ । यस क्षेत्रको विकास र संरक्षण अनी माया गर्नेहरुको संख्या पनि उत्तिकै धेरै छ ।

धेरैलाई यस्तो लाग्छ गीत संगीतहरु यस क्षेत्रमा निरन्तर लागिरहने मात्रैले गाउछन्, लेख्छन् तर वास्तवमा त्यस्तो होईन । पछिल्लो समयमा फरक पेशमा रहेर निरन्तर गीत संगीतलाई माया गर्ने मध्यका एक राष्ट्र सेवक हुन टलक थापा थकित ।

पछिल्लो समयमा उनको उत्कृष्ठ र्सिजना आधुनिक गीत बजारमा आएको छ । ‘छोडीजानु रहिछ’ बोलको आधुनिक गीत म्यूजिक नेपाल मार्फत बजारमा आएको हो । उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर तथा सन्तोश केसीको संगीत रहेको छ ।

क्रान्ति केसीको निर्देशन तथा सम्पादनमा तयार पारिएको उक्त गीतमा सिल्पा पोखरेल, सफल पुलामी र रोहीम थापाको अभिनय देख्न सकिन्छ । अबिनास मगरको पहिलो गीति एल्वम असफल मार्फत बजारमा आएको हो ।

यस भन्दा पहिले टलक थापा थकितद्धारा लेखित गजलसंग्रह जलिसकेका आस्थाहरु र सयुक्त गजलसंग्रह सिन्धुलियन प्रकाशित छ ।

सांंगीतिक एल्वमहरुमा पहिलो गजल एल्मवम ‘तिमीले किन वस्तिलाई, अन्तै तिर सारेउ प्यारी, दोस्रो आधुनिक गीत ‘सम्झी सम्झी ती दिनहरु’ बजारमा छन् ।

त्यस्तै लोकदोहोरी गीत ‘भाग्यले नै टाढा भैदियो बोलको गीत यस भन्दा पहिले बजारमा आएको छ । उनी हाल नेपाल प्रहरीमा सेवारत छन् ।