#टलक थापा थकित
साँध सिमा मिच्दै अाई यो देश लाई लुट्न लागे
छिमेकीले लिन्छन फाईदा भाइ भाइ फुट्न लागे
झुक्ने छैन शिर कहिले खोसिने छैन मातृभुमी
बचाइ राख्न अस्तित्व संघर्षमा जुट्न लागे
भावनाको नाता जोडी मित्रतामा बाँधिदा खेरी
युगौ- युग हुन्छौ संगै भन्नेहरु पनि छुट्न लागे
छिमेकीको वहाना मा कुटनीति फाईदा उठाई
सार्वभौम टुक्र्याउन नेपाली लाई भुट्न लागे






































