गणतन्त्रपछि पहिलोपटक राष्ट्रपति र प्रधानमन्त्रीबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

248

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

२ सय ९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार राष्ट्रपति भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

गणतन्त्र आएपछि पहिलोपटक राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण भएको यो पहिलोपटक हो । माल्यार्पण गर्न सिंहदरबार पश्चिम गेट आइपुगे लगत्तै नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । त्यस्तै प्रधानमन्त्री शेर वहादुर देउवाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो ।

बिभिन्न दलका नेता लगाएत राष्ट्रिय झण्डासहित उपस्थित भएका सर्वसाधारणले पनि शालिकमा माल्यार्पण गरेका थिए । दोस्रो जनआन्दोलन पश्चात पुस २७ गते पृथ्वीजयन्तीका दिन सरकारले सार्वजनिक विदा दिन छोडेको थियो ।

तर, शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले यस वर्षदेखि फेरि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।