गणेशमान सिंह

43

सर्बच्चाे नेता
गणेशमा सिंह।

गणेशमानका
पाेखें बिचार
उनका देहमा
गरें आदर ।

खपि बसेका
जेल र नेल
हित चिताउने
काङ्ग्रेसमा खेल ।

महान पुरुष
अगाडि सरे
राज्य पाउंदा
ईन्कार गरे ।

साेचेर भाव
मनले खाेलाैं
धैर्यता राखि
समयमभै बाेलाैं ।

आफैं म ठूलाे
हुदैन भन्नु
हृदय भावले
पवित्र बन्नु ।

अहिले शुष्म
माैनता वाेलि
प्रतिकार हुन्न
रिसराग खाेलि ।

उच्चता पार्टी
उच्चमै रहाेस
मान्यता खाेज्ने
अवसर हवस ।

राज्यकाे नाैलाे
आधार हेराैं
सहजले भाव
बिचार फेराैं ।

नैरास्य हाम्रा
मन पाराैं स्थिर
सभ्यमा अडाैं
बुद्धि बिचार ।
प्रखर नेता
राज्यका लागि
लाैह पुरुषकाे
मनकुण्ठ जागि ।

काङ्ग्रेसमा सर्बे
नेता रहेकाे
कुटनिति मन
आफै भएकाे।

पाैरखि नेता
संझना हाम्राे
उनका मार्ग
लिनु पर्छ राम्राे ।

बिश्वले मान्य
वनेर गए
नेपालका नेता
सर्वाेच्च भए ।

हतास हुन्न
माैन भएर
झुकाउं शिर
जनमा गएर ।
बिति सकेछ
अठ्ठाईस बर्ष
के नाैलाे कामकाे
भयाैं त हर्ष ।

तछांड मछाड
भाई वन्धुमा
पदिय लाेभ
हुन्न सज्जनमा ।

देखिन्न शरीर
संझना मात्र
नछाेडे धार
बनिन्छ पात्र ।

सबैले लिनु
आत्मिय बन्छु
जहाछाै तिमी
जय नेपाल भन्छु ।

भाैतिक शरीर
नभए पनि
उनका देन
महान धनी ।
सुख र शान्ति
मिलाेस भावना
जय नेपाल नारा
शुभकामना ।।

बिश्र्वनाथ ढुङ्गेल