भक्तपुर । गायक जगत घिसिङको “हल्क चुप्प” छिटै बजारमा आउने भएको छ ।
आफ्नै संगीत, आफ्नै शव्द, आफ्नै स्वर रहेको विल्कुल पृथक सैलिमा “हल्क चुप्प” छिटै बजारमा आउने भएको हो ।
गीत छिटै नै बजारमा आउने वताउँदै गायक जगत घिसिङले “हल्क चुप्प” एक डान्सिङ नम्वर भएको वताएका छन् ।
दर्जन भन्दा बढि गीत बजारमा भएपनि अहिले आउन लागेको गीत अझ पृथक एवं डन्सिङ नम्वर भएका कारण दर्शकले ?चाउने समेत उनले जनाएका छन् । मातातिर्थ औंसीका दिन भक्तपुरको त्रिसुल डाँडामा उ क्त गीतको छायाँङकन गरिएको हो ।
उक्त गीतको निर्देशन प्रतिक तामाङले गरेका हुन् भने प्रस्तुती सेन्जी क्रुक भक्तपुरले गरेको छ ।गीत छिटै नै बजारमा ल्याउने गायकले जनाएका छन् ।
तेमाल ग्यामसे ङःखाप भन्ने गीतले गायक घिसिङलाई सांगीतिक दुनियाँमा चिनाएको थियो ।







































