गायक प्रविन शाहीको आज सबै सार्वजनिक

507

भक्तपुर । गायक प्रविन शाहीको स्वरमा स्वरांकन भएको ‘आज सवै‘’ शिर्षक को गीत को श्रब्य दृश्य हालै गीटार लिजेन्ड देव राना को प्रमुख आतिथ्यमा सार्वजनिकरण भएको छ ।

राजधानी को पेन्सन बासना होटेलमा आयोजित एक कार्यक्रममा स्व। बाबुराम रिमालको शब्द, गिटार मायषट्रो गौरव शर्माको सङ्गीत रहेको गीतको अडियो भिडियो साङितिक हस्ति ज्योती घिमिरे , पेम्बा लेप्चा, बरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल नेपालका रक एण्ड रोल सङीतका सुरुवाती गायक तथा प्रख्यात रेडियो प्रस्तोता माईक खडका लगायत का दिग्गज ब्यक्तित्वको समुपस्थितीमा सार्वजनिक भएको हो ।

एकदशक पछि साङ्गीतिक फाँटमा पुनरागमन गरेका प्रविनको गीतमा प्रमोद परियारले एरेन्जमेण्ट गरेका छन् ।

सुभाष प्रधानको निर्देशन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, प्रेम लामाले छायांकन गरेका हुन भने भिडियोमा मोडल विशाल थापा र मनिशा सापकोटाको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शक माझ गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।कार्यक्रममा बरिष्ठ गीतकार सुभाष चन्द्र ढुंगेल, रचनाकार रमेशप्रसाद कोईराला, गायक ज्योति घिमिरे, माईक खड्का, भिडियो निर्देशक सुभास प्रधान को गायिकि को चर्चा गर्नु भएको थियो भने कार्याक्रम मा गायक मानस राज, गायक कपिल कस्पाल, फेसन डिजाइनर मीरा महर्जन लगायत सङीत प्रेमी मोडेलिङ ब्यबसायी सन्चार कर्मी हरु को बाक्लो उपस्थिति रहेको थियो ।

अतिथि हरु मध्ये पुराना गायक एवम् क्लासीक एफ।एम।का संस्थापक प्रस्तोता खड्का माईक खड्का, गायक एवम् गीतारिष्ट ज्योति घिमिरे , गायक एवम् गीतारिष्ट पेम्बा लेप्चाको लागायतका अतिथिहरुले गायक प्रविन शाहीलाई पुनः गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई तथा थप अघि जान हौसला प्रदान गर्नु भएका थिए ।

गायक प्रविनले २०५८ सालमा ूशहिदको सपनाू बोलको पहिलो गीत रेर्कड र भिडियो श्रोता दर्शक माझ ल्याएका थिए । समाज शास्त्रमा स्नातकोतर सम्म अध्ययन गरेका प्रविनले कलानिधि सङ्गीत महाविद्यालय , ललितपुरबाट चार वर्ष शास्त्रिय सङ्गीत गायनमा अध्ययन गरेका छन् ।

भक्तपुरका स्थायी बासिन्दा प्रविन भक्तपुर का गायक, सङीतकार , रचनाकार, बाध्यबादकहरुको आपसी परिचय, साङीतिक बिकाश र सङीतकर्मीहरुको हक हित हेतु स्थापित भक्तपुर साङ्गीतिक समाजको संस्थापक अध्यक्ष समेत हुन ।
कार्यक्रममा अब निरन्तर सङ्गीतमा लागेर आफ्नो साङ्गीतिक जीवनलाई अगाडी बढाउने उनले प्रतिवद्धता जनाए ।

सो कार्यक्रम मा प्रीज्म साङितिक समुहका देव राना, ज्योती घिमिरे , पेम्बा लेप्चा , अजय लामा ले प्रत्यक्ष सङीत प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रम लाई थप संगीतमय बनाउन गायक मुकेश शाही, हेम थामी, भुपाल राई समेत ले साङीतिक प्रस्तुती दिनु भएको थियो भने ब्याक अप ब्याण्ड को रुपमा क्यालिडिस्कोप म्युजिक एकाडेमी को टोली ले सहयोग गरेको थियो।