अवैधानिक रुपमा पर्यटन शुल्क उठाउँदै चाँगुनारायण नगरपालिका
भक्तपुर । नगरकोट आउने विदेशी पर्यटकसँग चाँगुनारायण नगरपालिकाले गुण्डा गर्दी शैलिमा पैसा उठाएको स्थानिय बासिन्दा एवं पर्यटन ब्यवसायिले बताएका छन् ।
नेपालकाको संविधान ,स्थानिय सरकार संचालन ऐन २०७४ ,अन्तरसरकारी वित्त ब्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापतको शुल्क लिन नमिल्ने प्रस्ट रुपमा ब्यवस्था भएपनि चाँगुनारायण नगरपालिकाले नगरकोट क्षेत्र प्रवेश गर्न गुण्डा गर्दी शैलिमा प्रवेश सुल्क लिएको पर्यटन ब्यवसायी बताउँछन् ।
सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालयले स्थानिय सरकारले आफु खुसी पर्यटन शुल्क नउठाउन २०७४ कार्तिक १५ गते नै पत्राचार गरेको भएपनि चाँगुनाराण नगरपालिकाले भने अवैधानिक रुपमा पर्यटन शुल्क उठाउँदै आएको छ ।
नगरपालिकाले भने आफु खुसी मनोमानी रुपमा शुल्क उठाएका कारण उक्त कार्य रोक्न जिल्ला प्रसासन कार्यलय भक्तपुरमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले ज्ञापन पत्र बुझएका छ ।
ज्ञापन पत्र बुझाउँदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले नगरपालिकाले एकलौटी रुपमा गुण्डा गर्दीपारामा पर्यटन शुल्क उठाउन टेन्डर लगाएको आरोप लगाउनुभयो । उहाँले यदि नगरपालिकाले सहि तरिकाले नै नगरकोटमा पर्यटन शुल्क लगाएको भए हामी पनि त्यसको समर्थन गथ्यौ तर बार्षीक ४ लाख पर्यटक भित्रने नगरकोटमा निजी कम्पनीलाई ५१ लाखमा टेन्डर दिईएको छ । न कि उक्त स्थनको लागि नगरपालिकाले एक सार्वजनिक शैचालय सम्म पनि बनाएको छ । यो त केवल आफ्ना कार्यकर्ता पाल्ने मेसो मात्र भएको उहाँको आरोप रहेको छ ।
नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाहिरी पर्यटक अन्तर्गत सार्क मुलुकका पर्यटकसँग प्रति पर्यटक कर बाहेक रु. २ सय र अन्य देशकासँग रु. ३ सय लिने गरी ठेक्का दिएको थियो ।
सो निर्णय कार्यान्वयनमा आएसँगै मेयरसँग रुष्ट बनेका व्यवसायीहरुले सो निर्णय तत्कालै फिर्ता लिन माग गर्दै आएका छन् । जिल्ला प्रसासन कार्यालयमा उपस्थित भएका व्यवसायीहरुको मागलाई सीडीयो द्रोण पोखरेलले अनियमति तवरवाट उठाएको प्रवेश शुल्क रोक्न स्थानिय विकास मन्त्रालयमा पत्राचार गर्ने बताउनुभएको छ ।
व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले पर्यटकसँग शुल्क उठाउने नाममा ठेकेदार पोस्ने काम गरेको आरोप लगाउँदै तत्कालै सो निर्णय फिर्ता लिन पनि माग गर्नुभएको थियो । नगरपालिकाले निर्णय नसच्याए व्यवसायीहरुले होटल बन्द गरेर नगरपालिका घेराउको कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीहरुसँग विना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाउने काममा मेयर मिश्रले अगुवाइ गरेको बताउँदै निर्णय सच्याउनुपर्ने बताउनुभयो ।
नगरपालिका र मेयरले आफुखुसी रुपमा दादागिरी रुपमा नै पर्यटन शुल्क उठाएको अर्का ब्यवसायी आसोक थापाले बताउँनुभयो । उहाँका अनुसार हाल पर्यटन शुल्क उठाउने ठेक्का पाएकाले न पर्यटकलाई कुनै ब्रोसर दिन्छन् न राम्रो ब्यवहार नै गर्दछन् न कुनै पनि विदेशी भाषा नै बोल्न आउँछ उनीहरुलाई केवल मनी मनी मात्र भनेर विच बाटोमा पर्यटक सवार यातायात रोकी गुण्डा गर्दि शैलिमा रकम असुल्दै आएका छन् । यस्तो कार्यले नगरकोटको मात्र नभई सम्पुर्ण नेपालको पर्यटन ब्यवसायलाई नै धक्का पुग्ने उहाँको भनाई थियो ।
बार्षिक करौडौ रुपैयाँ उठने नगरकोटमा केवल ५१ लाखमा ठेक्का दिनुमा मेयर र उनको आसेपासेको ठुलो आर्थिक चलखेल समेत रहेको ब्यवसायीको आरोप रहेको छ ।
व्यवसायीहरुले पर्यटन शुल्क रोक्न माग राखे पनि मेयर सोम मिश्रले भने आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले सो निर्णय गरेको बताउँदै पन्छिदै आएका छन् ।