गोरखा–१ मा रास्वपाबाट सुदन गुरुङ भोलि उम्मेदवारी दर्ता गर्दै

1

 

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा–१ बाट भोलि (मंगलबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कार्यक्रम सार्वजनिक गर्दै जानकारी दिएका छन् कि उनी भोलि बिहान ८ बजे गोरखा सदरमुकाम पुग्नेछन्। त्यसपछि बिहान ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा–आराधना सम्पन्न गरी ठिक ११ बजे जिल्ला निर्वाचन कार्यालयमा पुगेर रास्वपाको तर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।