ग्राण्डीमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण

271

काठमाडौं ।
ग्राण्डी अस्पताल धापासीले जेष्ठ नागरिकको सम्मानमा ‘जेष्ठ नागरिक बिशेष स्वास्थ्य परिक्षण प्याकेज’ ल्याएको छ । ४ चैत आइतबारदेखि लागु गरिएको सो प्याकेजमा ६० वर्ष माथिका जेष्ठ नागरिकका पाँच हजार रुपैँयामा स्वास्थ्य परिक्षण गर्न सकिने व्यबस्था छ ।
प्याकेजमा सिबिसी, सुगर रयाण्ड, सेरम कोलेस्ट्रोल, क्रियाटिनिन, एसजिओटी, एसजिपिटी, युरिक एसिड, युरिन रुटिन, चेष्ट एक्स रे, इसिजी, युएसजी, बोन मिनरल डेन्सिटोमेट्री लगायतका जाँच तथा आइ कन्सल्टेशन, डेन्टल कन्शल्टेशन र चिकित्सकसँगको परामर्श समावेश रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले सिनियर सिटिजन हेल्थ चेक अपसँगै बेसिक हेल्थ चेक अप, कम्प्रिहेन्सिभ हेल्थ चेक अप, एक्जिक्यूटिभ हेल्थ चेक अप, एक्जिक्युटिभ प्लस हेल्थ चेक अप, डायबेटिज हेल्थ चेक अप,कार्डियाक हेल्थ चेक अप,चाइल्ड हेल्थ चेक अप, किड्नी हेल्थ चेक अप,वुमन्स हेल्थ चेक अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।